सप्तरीमा मोटरसाइकल पल्टियो, १० वर्षीया छोरीले छाडिन संसार, बुबाको अबस्था गम्भीर • Osvevo

सप्तरीमा मोटरसाइकल पल्टियो, १० वर्षीया छोरीले छाडिन संसार, बुबाको अबस्था गम्भीर

Osnepal April 10, 2023
0

सप्तरी २७ चैत । सप्तरीको खडक नगरपालिका( ७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्युु भएको छ भने बुबा गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया बालिका  एञ्जिला बस्नेतको मृत्युु भएको हो ।मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका हुन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल,राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
घाइते बाबुको उपचार भइरहेको छ।

यता इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर