मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकार समक्ष माग • Osvevo

मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकार समक्ष माग

Osnepal April 10, 2023
0

काठमाडौं, २७ चैत । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गरेकी छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उनले मन्त्री बन्न दुई करोड मागेको विषयमाथि सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् ।

एउटा पार्टी विशेषले मात्र कारबाही गरेर मात्र नहुने भन्दै उनले यसमाथि सरकारले नै सत्यतथ्य छानबिन गरेर दोषी पाइए कारबाही गर्नुपर्ने बताइन् ।
‘अहिले दुई करोडको कुरा आइरहेको छ । यसमाथि सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भनिन्, ‘एउटा पार्टी विशेषले मात्रै कारबाही गर्ने कुरामात्रै होइन, सरकारले पनि छानबिन गर्नुपर्छ र कारबाही गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर