११८ केजी चरेससहित राउत,रमेश र रेशन समातिए • Osvevo

११८ केजी चरेससहित राउत,रमेश र रेशन समातिए

Osnepal April 10, 2023
0

पर्सा, २७ चैत । पर्साको पटेर्वासुगौली गाउँपालिका(५ देउरियाबाट अवैध लागुऔषध चरेस ११८ केजी र अवैध लागुऔषध गाँजा ४ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका(५ बस्ने ६० वर्षीय प्रदेशी राउत ९थारू०, मकवानपुर रक्सीराङ गाउँपालिका(८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका(६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर लागुऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर