पहिलो पटक अभिनेत्री कृति सेननसँग रोमान्स गर्दै शाहिद कपूर • Osvevo

पहिलो पटक अभिनेत्री कृति सेननसँग रोमान्स गर्दै शाहिद कपूर

Osnepal April 10, 2023
0

एजेन्सी । बलिउड अभिनेता शाहिद कपूर हालै वेब सिरिज ‘फर्जी’ मा देखिएका छन् । जसमा नक्कली नोट छापेर उनले दर्शकको खुब ताली लुटेका थिए । अब अभिनेता छिट्टै रोमान्टिक प्रेमकथा भएको चलचित्रमा देखिदैछन् । यो फिल्ममा शाहिद पहिलो पटक अभिनेत्री कृति सेननसँग रोमान्स गर्दैछन् । शनिबार, शाहिद कपुर र कृति सेननको यो अनटोल्ड रोमान्टिक फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ, जुन अहिले सोशल मिडियामा भाइरल भइरहेको छ।

केही समय अघि अभिनेता शाहिद कपुर र कृति सेननको यो आगामी प्रेमकथा फिल्मको फर्स्ट लुक पोस्टर सेयर गरिएको छ । जसको आगमनसँगै फ्यानहरुको उत्साह दोब्बर भएको छ । पोस्टरलाई प्रसिद्ध चलचित्र समीक्षक तरण आदर्शले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेका छन् । जसमा फ्यानहरुले चर्को प्रतिक्रिया दिइरहेका छन् ।

यो पोस्टरमा शाहिद र कृति बाइकमा बसेर रोमान्स गरिरहेको देख्न सकिन्छ । तरणका अनुसार यस फिल्ममा शाहिद कपुर र कृति सेननका अलावा हिन्दी सिनेमाका दिग्गज कलाकार धर्मेन्द्र र डिम्पल कपाडिया पनि मुख्य भूमिकामा छन् । फिल्मका निर्माता म्याडक फिल्मका निर्देशक दिनेश विजन तथा निर्देशक अमित जोशी र आराध्या हुन् ।

फ्यानहरूले पहिलो पटक शाहिद कपूर र कृति सेननको केमेस्ट्री ठूलो पर्दामा हेर्न पाउनेछन्। यी दुबैको फिल्मको नाम भने खुलाइएको छैन । तर फिल्मको छायांकन सकिएको छ । तरण आदर्शले शाहिद कपुर र कृति सेननको यो अनटाइटल फिल्म यसै वर्षको अक्टोबर महिनामा रिलिज हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर