नेपाली मुलका गायक अर्थर गनले रहस्य खोल्दै भने 'अमेरिकन आइडलबाट मलाई ज्यान मार्ने धम्की आयो ' • Osvevo

नेपाली मुलका गायक अर्थर गनले रहस्य खोल्दै भने ‘अमेरिकन आइडलबाट मलाई ज्यान मार्ने धम्की आयो ‘

Osnepal Admin (KTM) April 10, 2023
0

काठमाडौं । अमेरिकन आइडलबाट लोकप्रियता बटुलेका गायक दिवेश पोखरेल अर्थात अर्थर गनले अमेरिकन आइडलले आफूविरुद्ध रंगभेदी व्यवहार गरेको गम्भिर आरोप लगाएका छन् । नेपाली मुलका युवा गायक दिवेशले फेसबुक स्टोरीमा अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा बस्न चेतावनी दिँदै भनेका छन् उनीहरुले मलाई ज्यान मार्ने धम्की दिएका छन् ।

दिवेशले अमेरिकन आइडलले आँफुविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएसँगै उनका संसारभर रहेका सर्मथकहरुले आइडलविरुद्ध आक्रोश व्यक्त गरेका छन् । दिवेशले फेसबुक मार्फत यो गोप्य कुरा बाहिर ल्याएसँगै दिवेशका फ्यानले अमेरिकन आइडलले उनीविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको गम्भिर आरोप लगाएका छन् ।

यद्यपी दिवेशले धम्की दिने व्यक्तिको नाम भने खुलाएका छैनन् । अमेरिकन आइडलको १८ औं संस्करणका रनरअप रहेका दिवेशले १९ औं संस्करणमा भाग लिएका थिए तर उनको नाम अन्तिम सातअघि नै हटेको थियो । आफ्नो नाम हटेसँगै उनले बेला बेलामा यसको आलोचना र विरोध गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर