कल्याण कोषले प्रहरी अस्पताललाई दियो दुई करोडको चेक • Osvevo

कल्याण कोषले प्रहरी अस्पताललाई दियो दुई करोडको चेक

LC (KTM) April 10, 2023
0

काठमाडौँ-प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमाप्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पु¥याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गर्नुभयो ।

अस्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले प्रदान गर्ने सेवामा सबै तहका प्रहरी कर्मचारी र सर्वसाधारणका लागि समान अवसर र पहुँच हुनुपर्ने उल्लेख गर्दै उहाँले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल नितान्त सेवा प्रवाह गर्ने संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा पनि सङ्गठनको छवि उच्च गर्न र सङ्गठनको लक्ष्य प्राप्त गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर