किसानलाई कृषि सामग्रीसँगै तालिम • Osvevo

किसानलाई कृषि सामग्रीसँगै तालिम

Osnepal Admin (KTM) April 11, 2023
0

पाँचपोखरी थाङपाल गाँउपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले अनुदानमा किसानका लागि १७ थान ९ र १० एच. पी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो ।

समयानुसार किसानहरूलाई अत्ति आवश्यक कृषि पेशासँग सम्बन्धित कृषिऔजार, बिउविजन, पा्रविधिक सरसल्लाह, तालिम, उत्पादित कृषिजन्य वस्तुहरुको बजारीकरणमा सहजता ल्याउन थप कायक्रमहरुको आपेक्षा गरिएको स्थानिय हसिना वाइवा बताउनुहुन्छ ।

ती सामग्री हस्तान्तरण गर्दै गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गर्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न गाँउपालिका तयार रहेको बताउनुभयो ।

कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको समस्यालाई दृष्टिगत गर्दै पालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको अधिकारीले बताउनुभयो । पालिकाले यसअघि पनि विभिन्न बीउ बिजन र कृषि सामग्री, तालिम किसानहरुलाई दिँदै आएको थियो ।

कृषि सामग्रीसँगै तालिम पाउँदा सामान मर्मत तथा खेती गर्न सजिलो भएको र उत्पादनमा समेत वृद्वि हुने किसानको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर