युवतीको तस्विरमा अन्य महिलाको शरीर जोडेर फेसबुक र टिकटकमा पोस्ट गर्ने युवक समातिए • Osvevo

युवतीको तस्विरमा अन्य महिलाको शरीर जोडेर फेसबुक र टिकटकमा पोस्ट गर्ने युवक समातिए

Osnepal Admin (KTM) April 11, 2023
0

काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा, झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका-६ बाट पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर