जेलमा सजाय काटिरहेका सुकेश चन्द्रशेखरले नायिका ज्याकलिनलाई पत्र लेख्दै यसरी पोखे माया प्रेम • Osvevo

जेलमा सजाय काटिरहेका सुकेश चन्द्रशेखरले नायिका ज्याकलिनलाई पत्र लेख्दै यसरी पोखे माया प्रेम

Osnepal Admin (KTM) April 11, 2023
0

काठमाडौं । नायिका ज्याकलिन फर्नान्डिजका प्रेमी भनिएका सुकेश चन्द्रशेखरले ज्याकलिनकै नाममा फेरी अर्को पत्र लेखेका छन् । जुन पत्र उनले ज्याकलिनका लागि जेलबाट लेखेका हुन् ।

२०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेशका वकिल अनन्त मलिकले यो पत्र बाहिर ल्याईदिएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सार्वजनिक पत्रमा उनले अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इस्टरको शुभकामना दिएका छन् ।

पत्रमा उनी लेख्छन्, ‘जब टिभीमा विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । त्यसपछि मात्र तिम्रो बारेमा सोच्छु । तिमी कति सुन्दर छौ थाहा छैन । यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन । मेरो खरायो, मेरो बच्चा, म तिमीलाई धेरै माया गर्छु ।’

सुकेशले आफ्नो पत्रमा ज्याकलिनका लागि माया नै माया दर्शाउँदै अघि लेख्छन् म यहाँ देखिने हरेक विज्ञापन र गीतहरुमा तिमीलाई देख्दा आँफु तिमीसँगै भएको पाउँछु । यसअघि ज्याकलिनको जन्मदिनमा पनि पत्र लेख्दै धेरै नै माया र सम्झना भनेर उल्लेख गरेका थिए ।

हरेक वर्ष मार्च २५ मा ज्याकलिनले आफ्नो जन्मदिन मनाउँछिन् । हाल तिहाड जेलमा सजाय काटिरहेका बेला व्यापारीकी श्रीमतीसँग पैसा असुलेको आरोप छ । १८ जनवरी २०२३ मा दिल्लीको पटियाला हाउस कोर्ट पुगेकी ज्याकलीनले भने अदालतमा सुकेशले आफ्नो भावनासँग खेलवाड गरेको भन्दै आक्रोश पोखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर