सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता • Osvevo

सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता

Osnepal Admin (KTM) April 11, 2023
0

काठमाडौं, २७ चैत । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । 

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।

दुई दिनसम्म चलेको बार्तामा पनि सहमति हुन नसके पछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार र सोमवार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ । पहिलो र दोस्रो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर