अमेरिकामा फेरी गोलाबारी, ५ जनाको मृत्यु • Osvevo

अमेरिकामा फेरी गोलाबारी, ५ जनाको मृत्यु

Osnepal Admin (KTM) April 11, 2023
0

काठमाडौं, २८ चैत । अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन । साथै, सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ ।  

प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनार्ईएको छ ।’गर्भनर एन्डी बेसियरले टविट गर्दै भनेका छन, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्राथना गरिदिनुहोस् ।’

पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि बिधालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन । 

सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो । गोली हानिएको बिद्यालय पुर्व प्राथमिक थियो । सो बिद्यालयमा पढने सबै बिद्यार्थी १२ बर्ष भन्दा कम उमेरका रहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर