‘पुष्पा २’ को लागि अल्लु अर्जुनले लिए अहिले सम्मकै ठूलो पारिश्रमिक • Osvevo

‘पुष्पा २’ को लागि अल्लु अर्जुनले लिए अहिले सम्मकै ठूलो पारिश्रमिक

Osnepal Admin (KTM) April 11, 2023
0

एजेसी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’ (पुष्पा द रुल) को लागि लिए ठूलो पारिश्रमिक लिएको खुलासा भएको छ ।

यस फिल्मका लागि आफ्नो पारिश्रमिक बढाएर ८५ करोड भारतीय रुपैयाँ पुर्‍याएको भारतिय मिडियाले जनाएका छन् । तेलुगु फिल्म उद्योगका अनुसार यो निकै ठूलो रकम भएको बताइएको छ ।

यसअघि फिल्म ‘पुष्पा द राइज’ को लागि अल्लुले जम्मा ३५ करोड भारतीय रुपैयाँ मात्रै पारिश्रमिक लिएका थिए । फिल्मले विश्वभर ३ सय ५० करोड भारतीय रुपैयाँको कलेक्सन गरेको थियो ।हालसम्म निर्माण पक्षले फिल्म ‘पुष्पा २’ को रिलिज मिति तय गरेको छैन । यो फिल्म सन् २०२३ मा रिलिज हुने बताइएको छ ।

फिल्मलाई निर्देशक सुकुमारले निर्देशन गरिरहेका छन् । ‘पुष्पा २’ मा अल्लु अर्जुन अलवा रश्मिका मन्डन्ना र फहद फासिलको पनि मुख्इ भुमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर