फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु, अन्य तीन फिल्म भन्दा जारीको शोज संख्या उच्च • Osvevo

फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु, अन्य तीन फिल्म भन्दा जारीको शोज संख्या उच्च

Osnepal Admin (KTM) April 11, 2023
0

काठमाडौं । फिल्म ‘जारी’को अग्रिम टिकट विक्री सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएका हुन् । फिल्को हाइप र ब्राण्डको कारणले पनि शोज संख्या अन्यभन्दा धेरै दिइएको बिग मूभिजका व्यवस्थापक दिपेश शर्माले बताए ।

बिग मूभिजले फिल्मलाई ६ शोज दिएको छ । निर्माता रामबाबु गुरुङले क्रमशः अन्य हलले पनि बुकिङ खुलाउने जानकारी दिए ।दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।

फिल्मले पूर्वी नेपालको लिम्बु समुदायमा रहेको जारीप्रथा र विवाह संस्कृतिको कथा पेश गर्छ ।फिआगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर