जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा • Osvevo

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

Osnepal April 11, 2023
0

काठमाडौं, २८ चैत । घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन ।

र, खेल गोलरहित बराबरीमा टुंगियो । ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर