आज पनि तोलामा ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? • Osvevo

आज पनि तोलामा ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Osnepal April 11, 2023
0

काठमाडौं, २८ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिदबिक्री भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर