प्युठानमा ट्याक्टर र जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु • Osvevo

 प्युठानमा ट्याक्टर र जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Osnepal April 11, 2023
0

काठमाडौं, २८ चैत । प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो ।

पर्वतको महाशिला गाउँपालिका ५ काउलेमा गएराति पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाशिला गाउँपालिका ४ पाखापानी धनुबासका ३७ वर्षीय खेम बहादुर बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । सोमबार राति साढे ११ बजे सिमेन्ट झार्ने क्रममा ग २ च ६९० नम्बरको पिक जिप ब्याक भएर अन्दाजी २० मीटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर