आज एक सय छ जनामा सङ्क्रमण पुष्टि, एक जनाले गुमाए ज्यान • Osvevo

आज एक सय छ जनामा सङ्क्रमण पुष्टि, एक जनाले गुमाए ज्यान

Osnepal April 11, 2023
0

काठमाडौँ, २८ चैत कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष ९आइसियु०मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १।१६ देखा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर