मानुषि श्रीरामपाटी शाखाको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न • Osvevo

मानुषि श्रीरामपाटी शाखाको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Osnepal Admin (KTM) April 11, 2023
0

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय श्रीरामपाटी वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पाँचखालमा सोमबार सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिका १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारले अहिले बजारमा बचत फिर्ता गर्न केहि सहकारीहरु असफल भएको भन्दै मानुषिले यस तर्फ ध्यान दिएर नागरिकले संस्थामा गरेको बचत सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पाँचखालमा संस्थाले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनुभयो ।कृषकलाई कम व्याजदरमा ऋण प्रभाह गरि व्यवसायीक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ऋण लिएपछि इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वतन्त्र सञ्चालक सुवर्ण कर्मचार्यले वित्तीय साक्षरता लगायत बिषयमा प्रष्ट पार्नु भएको थियो ।२०४८ सालमा स्थापना भएको संस्थाले अहिले १४ जिल्लामा ३६ शाखा बिस्तार गरेर सेवा दिइरहेको छ । संस्थाको हाल ३४ हजार ४ सय ३२ जना कुल सदस्य रहेका छन् भने २० हजार ८६६ जना कुल ऋणि रहेको संस्थाकि प्रमुख कार्यकारी अधिकृत शोभा ब्रजाचार्यले जानकारी दिनुभयो । कार्यक्रमकी अध्यक्ष समेत रहनुभएकि ब्रजाचार्यले संस्थाको परिचय, इतिहास, संचालन प्रक्रिया लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

संस्थाको कुल बचत ८४ करोड ८६ लाख ८ हजार ४०७ रहेको ब्रजाचार्यले जानकारी दिनुभयो । संस्थाको श्रीरामपाटी शाखामा ८ सय २७ जना जम्मा सदस्य रहेको छ भने ५६६ जना जम्मा ऋणि र ५६ केन्द्र रहेको शाखा प्रबन्धक प्रकाश ढुगाँनाले जानकारी दिनुभयो । शाखाबाट सुत्केरी भत्ता ५७ जनालाई , ३ जना मृत्यु भएका सदस्य, सदस्यको श्रीमानको मृत्यु भएका ५जनालाई विमासुविधा प्रदान गरिएको शाखाले जनाएको छ ।

कार्यक्रममा सँस्थाकी सञ्चालक नविना शाक्य, प्रहरी चौकी पाँचखालका प्रमुख ,पत्रकार लगायत सहभागी थिए ।कार्यक्रममा सहभागी केन्द्र प्रमुखहरुले आफ्ना प्रगती तथा समस्याहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर