चिसो छल्न बेँसी झरेकाहरू घर फर्किँन थाले • Osvevo

चिसो छल्न बेँसी झरेकाहरू घर फर्किँन थाले

Osnepal Admin (KTM) April 13, 2023
0

काठमाडौं -चिसो छल्न बेँसी झारेका भोटे जनजातिहरू गर्मी बढेपछि घर फर्किन थालेका छन्। जुराको उत्तर–पूर्वी क्षेत्रका गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली, बुढीनन्दा नगरपालिकाको उच्च हिमाली भूभागमा बसोबास गर्ने हरु हिउँदको पाँच महिना चिसो छल्न बेँसी झर्छन्।

गर्मी बढेसँगै चिसो छल्न बेँसी झरेका भोटे जनजातिहरू लेकाली भेगतिर लागेका हुन् । हिउँ परेपछि गाईवस्तुलाई बस्न र चर्न समस्या हुने भएकाले हिउँदका केही महिना बेँसी झर्ने गर्छन् । अधिकांशको मुख्य पेसा भेडाबाख्रा, गाईगोरु, घोडा–खच्चड पालन हो।

हिले गाउँका सबै वन खुला हुने गरेकाले भेडा बाख्रापालनमा निकै सहज हुन्थ्यो। अहिले गाउँका ती सबै वन सामुदायिक भएपछि आफूहरूलाई भेडापालनमा समस्या भएको स्थानियको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर