मनिषाले जितिन् पाँचौ ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधि • Osvevo

मनिषाले जितिन् पाँचौ ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधि

Osnepal Admin (KTM) April 13, 2023
0

काठमाडौं, २९ चैत -रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा मँगलबार बेलुका आयोजना ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् । उनले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुमेकी हुन् । मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अबसर, विभिन्न उपहार पनि जितेकी छिन् ।

प्रतियोगिताको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा. प्रकाश पौडेल, डा. सरोज लामिछाने, ब्युटिसियनहरु बिमला रिजाल, सुष्मा रावल थिए ।गरेको सो प्रतियोगितामा बेष्ट स्माईल सहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारीले, मोस्ट इन्टेलिजेन्ट ब्युटिसियन सहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हाँसिल गरे ।

सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियन सहित पब्लिक च्वाईस अवार्ड, गोमा खड्काले मल्टि मिडिया, बेष्ट हेयर टेक्निसियन सहित भिवर्स च्वाईसको उपाधि हाँसिल गरिन् । रजनी प्रजापतिले मस्ट कन्फिडेन्ट सहित म्यानेजमेन्ट च्वाईस अवार्ड, सरिता गोपालीले बेस्ट मेहेन्दी सहित म्यानेजमेन्ट च्वाईस अवार्ड प्राप्त गरे ।
यस्तै कविता श्रेष्ठ बेष्ट मेकअप, सँजिना सितिखुले मोस्ट सिभिलिटी, दीपा श्रेष्ठले मोस्ट फेन्ड्ली, संगीता सुवेदी अधिकारीले बेस्ट स्माईल, मन्दिरा श्रेष्ठले बेष्ट डिसिप्लिन, प्रमिला दर्नालले मोस्ट पँचुअल, बिमला श्रेष्ठले मोस्ट बब्ली र अप्सरा कटवालले मस्ट ब्युटिफुलको अवार्ड जिते । यसैगरी पुनम भट्ट साउदले बेस्ट ड्रेस र बेष्ट पर्सनालिटी अवार्ड, प्रनिशा डँगोलले बेष्ट क्याटवाक, भावना ढुँगानाले फोटोजेनिक, मन्जु गोपालीले बेष्ट नेलआर्ट, सुनिता प्रजापति मानन्धरले बेष्ट हेयर स्टाईल (जुरो) अवार्ड जिते ।
यस्तै यो प्रतियोगिताको क्रिएटिभ डिरेक्टरमा परिषी कारँजित, इभेन्ट म्यानेजमेन्टमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८की बिजेता सरिता भारती र कार्यक्रम सञ्चालकमा अश्विनी कान्त झा थिए । जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको प्रतियोगितामा १९ जना प्रतियोगी फाईनलमा पुगेका थिए ।

कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले व्युटिसियनहरुले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकुन भनेर उनीहरुको व्यक्तित्व विकाशको लागि बिगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् । यस्तै आयोजक संस्था विलक्षण क्रियसन प्रा.लिका अध्यक्ष डब्बु क्षत्रीले नेपालमा व्युटिसियनहरु पनि अन्य पेशाका महिला भन्दा कम छैनन भनेर यो प्रतियोगिताले प्रमाणित गर्दै आएको बताए ।कार्यक्रममा अभिनेत्री गौरी मल्लले यस्ता प्रतियोगिताले मेकअप आर्टिस्ट तथा व्युटिसियनहरुलाई अघि बढ्न प्रेरणा मिलेका छ भनिन् । बरिष्ट ब्युटिसियन डा. राज्यलक्ष्मी श्रेष्ठले नेपालमा ब्युटिसियनहरुले पनि आफुलाई निकै माथि उठाएको बताईन् ।कार्यक्रममा गायक भरत सामरी, गायक ओम सुनार गायिक, गायिका बुनु उप्रेतीले आफ्ना गीत र भवना श्रेष्ठले नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए ।कार्यक्रममा शिक्षा सेवी लिलबहादुर बुढाथोकी (निशान) नेशनल तथा इन्टरनेशनल इभेन्ट डिरेक्टर धिज तन्डुकार, अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, फेशन डिजाईनर आर्यन गुरुङ, चलचित्र सम्पादक भरत रेग्मी, इभेन्ट डिरेक्टर प्रकाश जोशी सहित विभिन्न व्युटिसियनहरु सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर