उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि पुनः मतदान हुने • Osvevo

उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि पुनः मतदान हुने

Osnepal April 13, 2023
0

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि पुनः मतदान हुने भएको छ । उपाध्यक्ष पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार पूरा गर्न नसकेकाले पुनः मतदान हुने भएको हो । 

दोस्रो चरणको मतदानमा पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाउनेमध्येबाट दुईजना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

जसअनुसार अब अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । सबैभन्दा बढी मत अन्जान र उमेशलालले पाएर प्रतिस्पर्धाको मैदानमा रहँदा तेस्रो धेरै मतभार पाएका रामचन्द्र संघई प्रतिस्पर्धाको रिङबाट बाहिरिएका छन् । 

अन्जानले कुल ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले कुल ३१.५१ र रामचन्द्रले ३०.४६ प्रतिशत मतभार पाएका हुन् ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । जसअनुसार भावी अध्यक्षका लागि अब अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुनेछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर