चुनावी घरदैलोमा व्यस्त उपेन्द्र यादव चुनाव जित्नेमा ढुक्क • Osvevo

चुनावी घरदैलोमा व्यस्त उपेन्द्र यादव चुनाव जित्नेमा ढुक्क

Osnepal Admin (KTM) April 13, 2023
0

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन क्षेत्रका प्रत्येक टोलमा टोल कमिटि गठन गरिएको छ । बिहानदेखि रातिसम्म हुने घरदैलो, अन्तरक्रिया र चुनावी सभाले उनलाई भ्याइनभ्याइ छ ।

उनले आफू उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि गर्ने कार्यहरुको सूचि तयार पार्ने काम गरिहेका छन् । जनताले व्यक्त गरेका गुनासो, हरेक पालिका, वडा र टोलको आवश्यक्ता अनि जनताहरुको माग टिपोट गरिरहेका छन् ।

मधेस र मधेसी जनताको अधिकारका लागि आफूले आजसम्म गरेका कार्यहरुबारे त्यहाँका जनतालाई बताइरहेका छन् । चुनावी घरदैलोको दौरानमा जनताहरुले व्यक्त गरेको आश्वासन र भरोसाका कारण यादव चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर