अमेरिकामा पुरस्कृत फिल्म 'हल्कारा' को ट्रेलर यस्तो बनेर आयो (भिडिओ) • Osvevo

अमेरिकामा पुरस्कृत फिल्म ‘हल्कारा’ को ट्रेलर यस्तो बनेर आयो (भिडिओ)

Osnepal Admin (KTM) April 13, 2023
0

काठमाडौं, चैत ३० -फिल्म ‘हल्कारा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट देखाइएको छ।फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ।

.फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापामगर मियाको भूमिकामा छिन्। फिल्ममाविक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको छ । फिल्म नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो ।

फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर