प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट • Osvevo

प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

LC (KTM) April 13, 2023
0

काठमाडौँ-प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उहाँहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, प्रधानसेनापति शर्माले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका सुदर्शन सिल्वाललाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।
मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरुप उपरथीमा बढुवा हुनु भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ ।महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नती भएका तीन महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गर्नु भएको निर्देेशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर