नेपालमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि,कति भए निको ? • Osvevo

नेपालमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि,कति भए निको ?

Osnepal April 13, 2023
0

काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोनाभाइरस स‌ंक्रमण पुष्टि भएको जनाएको छ ।

बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार ५४१ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ ।

पछिल्लो २४ घण्टा ७४ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर