झापा, ३० चैत-प्रहरीले झापाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका(६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका(८ बस्ने २७ वर्षीय अजय मेचे र २८ वर्षीय श्याम बहादुर दर्जी रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।