टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु • Osvevo

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Osnepal Admin (KTM) April 13, 2023
0

नवलपरासी(पश्चिम), ३० चैत सरावल गाउँपालिका-१ तिलकपुरस्थित सडकमा लु.१ ख ४१२५ नम्बरको टिपरले लु.७७ प ७८९३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुनवल नगरपालिका-१३ बडेरा बस्ने ३२ वर्षीय चिरन्जीवी काफ्लेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर