कबीर सिंह पछि डरलाग्दो अवतारमा देखिदै शाहिद कपुर • Osvevo

कबीर सिंह पछि डरलाग्दो अवतारमा देखिदै शाहिद कपुर

Loknath Rijal (Jhapa) April 13, 2023
0

शाहिद कपुर फेरि आफ्नो डरलाग्दो अवतारमा फर्किएका छन्। ‘कबीर सिंह’ पछि शाहिद अब ‘ब्लडी डैडी’ बनेका छन् । शाहिद कपुरको नयाँ फिल्मको टिजर पनि रिलिज भएको छ । फिल्मको टिजरमा शाहिद कपूरलाई खतरनाक रुपमा देख्न सकिन्छ । भिडियो साइरनको आवाजबाट सुरु हुन्छ। त्यसपछि शाहिद कपुर कोठामा ठूलो स्वरमा प्रवेश गर्छन् र सबै कुरा सुस्त हुन्छ। उनीप्रति सहानुभूति छैन ।

आफ्नो अगाडि आउने जो कोहीलाई मार्छन्। सुट बुट लगाएका शाहिद कपुरले एकपछि अर्को गर्दै मानिसको हत्या गरिरहेका छन् । टिजरमा शाहिद कपूर बाहेक सञ्जय कपूर, रोनित रोय, डायना पेन्टी र राजीव खण्डेलवाल पनि छन्। यो फिल्मको नायक शाहिद कपुर हुन् कि खलनायक भन्न सकिँदैन । तर सञ्जय र रोनित भने नकारात्मक भूमिकामा देखिनेछन् ।

उनीहरु बाहेक डायना र राजीव सकारात्मक भुमीकामा रहेका छन् । समग्रमा यो टिजर एक्सन, ब्लडशेड र थ्रिलले भरिपूर्ण छ । टिजरबाट स्पष्ट हुन्छ कि शाहिद कपुर ‘ब्लडी डैडी’ बाट धमाका गर्न लागेका छन् । निर्देशक अली अब्बास जफरले फिल्म ‘ब्लडी डैडी’ बनाएका हुन् । यसको निर्माता ज्योति देशपाण्डे हुन् । यो फिल्म ९ जुनमा जियो सिनेमामा रिलिज हुँदैछ । वेब सिरिज ‘फर्जी’ पछि शाहिद कपूरको यो दोस्रो ओटीटी रिलिज हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर