नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे • Osvevo

नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे

LC (KTM) April 14, 2023
0

काठमाडौं, १ वैशाख ।  सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राजनीतिक नेतृत्वले नेपाली जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना र मार्गचित्र निर्माण गरि कार्य प्रारम्भ गर्न जरुरी रहेको बताएका छन् ।

उनले नयाँ वर्षले सबै नेपालीबीच एकता, पारिस्पारिक मेलमिलाप, भाइचारा र साैहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर