पार्टीका नेता कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री दाहाल • Osvevo

पार्टीका नेता कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री दाहाल

LC (KTM) April 14, 2023
0

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।कोटेश्वरस्थित पार्टी मुख्यालयमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

उनका अनुसार हप्ताको हरेक शुक्रबार प्रधानमन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको शुरुवात आजबाट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर