भरुवा बन्दुकको प्रयोग गरि वनमा वन्यजन्तुको सिकार खेलीरहेका एक जना पक्राउ • Osvevo

भरुवा बन्दुकको प्रयोग गरि वनमा वन्यजन्तुको सिकार खेलीरहेका एक जना पक्राउ

LC (KTM) April 14, 2023
0

वैसाख, १ महोत्तरी -हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलीरहेका एक जना पक्राउ परेका छन् ।भरुवा बन्दुकको प्रयोग गरि वनमा वन्यजन्तुको सिकार खेलीरहेका बर्दिबास-१४ बस्ने भिम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।बिहीबार बेलुका केही ब्यक्तीहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको वयान दिएका छन् । प्रहरीले वन परिसरवाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।

तयारी अवस्थामा रहेको बन्दुकलाइ प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ परेका मगरलाइ भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर