मकवानपुर-बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौँ ।” उहाँले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढनिश्चय र कठोर सङ्कल्प चाहिने बताउनुभएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा थप टेवा पु¥याउन सक्ने उहाँको भनाइ छ ।
“हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्, स्थायी शान्ति, दिगो विकास र आर्थिक समुन्नतिको मार्गप्रशस्त हुन सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।