सभामुखले बोलाएको तीन दलको बैठक स्थगित • Osvevo

सभामुखले बोलाएको तीन दलको बैठक स्थगित

LC (KTM) April 14, 2023
0

काठमाडौं, १ वैशाख । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ ।संसदको बिजनेसलगायतका विषयमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक आह्वान गरेका थिए ।

तर, बैठक स्थगित भएको र स्थगित बैठक कहिले बस्ने एकीन भइनसकेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले संसदको बिजनेस, संसदको विषयगत समिति गठनलगायतका विषयमा सहमति जुटाउन तीन दलको बैठक आह्वान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर