सलमान खानसंग अफेयरको बारेमा पहिलो पटक खुलेरै बोलिन् अभिनेत्री पुजा हेगडे • Osvevo

सलमान खानसंग अफेयरको बारेमा पहिलो पटक खुलेरै बोलिन् अभिनेत्री पुजा हेगडे

Loknath Rijal (Jhapa) April 14, 2023
0
यो वर्ष सलमान खानका दुई ठूला फिल्म रिलिज हुन लागेका छन् । पहिलो फिल्म ‘किसी का भाई किसकी जान’ र दोस्रो फिल्म ‘टाइगर ३’ हो । दुवै ठूला चलचित्र हुन् । ‘किसी का भाइ किसी की जान’ को दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए र पठान फिल्मको ब्लकबस्टरपछि अब सलमान खानको फिल्मको दर्शकहरु आतुरताका साथ प्रतिक्षामा छन् ।
यस फिल्ममा उनीसँगै पूजा हेगडे देखिदैछिन् । लामो समयदेखि भाइजानको नाम पूजा हेगडेसँग जोडिएको छ । जब सलमान पूजा हेगडेको भाइको बिहेमा पुगेका थिए, तब यी दुईको अफेयरको खबरले झनै चर्को रुप लिएको थियो । अब अभिनेत्रीले यस विषयमा मौनता तोडेकि छन् । यतिबेला सबै स्टारकास्ट फिल्मको प्रचारमा व्यस्त छन् । पूजा हेगडेले हालै एक मिडिया अन्तरक्रियामा सलमानसँगको अफेयरको खबरमा मौनता तोडिन् ।
अन्तर्वार्ताका क्रममा जब पूजालाई सलमानसँगको सम्बन्धबारे प्रश्न गरिएको थियो, उनले भनिन्– ‘यसबारे म के भन्न सक्छु । म हरेक दिन आफ्नो बारेमा नयाँ कुराहरू पढिरहन्छु। म एक्लो छु, मलाई एक्लै बस्न मन पर्छ। म अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेको छु । म विभिन्न सहरमा घुमिरहन्छु, अहिले मेरो लक्ष्य मेरो करियर हो ।
म अब बसेर यी अफवाहहरूमा ध्यान दिन सक्दिन, म यसको बारेमा के गरुँ ? भाइजानसँग काम गरेपछि अभिनेत्रीले पनि आफ्नो प्रतिक्रिया दिएकी छिन् । अभिनेत्रीले भनिन्,- ‘उनीसँग काम गर्दा मलाई एकदमै रमाइलो लाग्यो, उनी सेटमा उस्तै छन्, जसरी अन्तर्वार्तामा देख्नुहुन्छ । मलाई सलमान सरको खुलेर कुरा गर्ने तरिका मनपर्छ, उनी जे सहि लाग्छ त्यही मात्र बोल्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर