बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको विवाह आज एक वर्ष पूरा भएको छ । दुवैले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाइरहेका छन् । यो जोडीले गत वर्ष १४ अप्रिल २०२२ मा एकदमै गोप्य रुपमा विवाह गरेका थिए । उनीहरुको विवाहमा परिवार र नजिकका साथीहरु मात्र सहभागी भएका थिए । यस्तो अवस्थामा आलिया र रणवीरको पहिलो वार्षिकोत्सवमा आलियाकी आमा सोनी राजदान र सासू नीतु कपूरले दुवैलाई बधाई दिएकी छन् ।
सोनी राजदान र नीतु कपूरले आलिया भट्ट र रणवीर कपूरलाई आफ्नो पहिलो विवाहको वार्षिकोत्सवको तस्बिर सेयर गर्दै बधाई दिएका छन् । जसपछि अब आलियाले रणबीर कपुरसँगको आफ्नो विवाह र यात्राका केही नदेखेका तस्विरहरु सेयर गरेकी छिन्, जसलाई हेरेपछि तपाई पक्कै पनि आफ्नो आँखा हटाउन सक्नुहुने छैन ।
आलिया भट्टले आफ्नो पहिलो वैवाहिक वर्षगाँठको अवसरमा पति रणवीर कपूरसँग धेरै रोमान्टिक तस्विरहरू सेयर गरेकी छिन्। पहिलो नदेखेको तस्बिर आलिया भट्ट र रणबीर कपूरको हल्दी समारोहको हो, जसमा अभिनेत्री पहेँलो रङको पोशाकमा निकै क्यूट देखिएकी छिन् र रणवीरले उनलाई धेरै मायाले अँगालो हालिरहेका छन्। दोस्रो तस्विरमा रणवीर आलियाको दुवै हात आफ्नो घुँडामा समातेर बसेका छन् ।
आलिया भट्टको अनुहारमा रहेको मुस्कानले रणबीरलाई यस अवसरमा विशेष महशुस गरिराखेको स्पष्ट देखिन्छ । पहिलो र दोस्रो तस्बिरमा जोडीले क्यामेराको लागि पोज दिइरहेका छन् भने तेस्रो तस्विर निकै रोमान्टिक छ, जसमा दुवै एकअर्कामा हराएको देखिन्छ । यी तस्बिरहरू सेयर गर्दै आलियाले क्याप्सनमा लेखेकी छिन्, ह्याप्पी डे ।