शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको १०३ वर्षको उमेरमा निधन • Osvevo

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको १०३ वर्षको उमेरमा निधन

Osnepal Admin (KTM) April 15, 2023
0

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको बताइएको छ ।

सय वर्षीय राधादेवीको  श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर