यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु,२५ जनालाई जीवितै उद्धार गरियो • Osvevo

यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु,२५ जनालाई जीवितै उद्धार गरियो

Osnepal April 15, 2023
0

काठमाडौं, २ वैशाख । भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ ।

पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेकाे बस शनिबार बिहान दुर्घटनामा परेको हो । घाइतेहरुको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर