एजेन्सी – बलिउडमा केही दिन पहिले बलिउड अभिनेता र नायिका पूजा हेगडेबिच प्रेम रहेको हल्ला फहिलियो । तर त्यो सम्नधको मौनता नायिका पुजाले तोडिदिएकी छन् । उनले यो हल्लालाई अपस्वकार गरेकी छन् । सलमान पूजाका भाइ ऋषभ हेगडेको विवाहमा सहभागी हुन मंगलौर पुगेपछि दुई जनाको सम्बन्धको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएको थियो ।
तर पुजाले आफु सिंगलल रहेको र सिंगल नै बस्न मन पर्ने बताएकी छन् । अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेकोले यी अफवाहहरूमा ध्यान नदिने उनले बताइन् ।सलमान खानको फिल्ममा यस्तो विशेष भूमिका गर्ने मौका पाउनु राम्रो कुरा भएको उनले बताइन् ।
‘किसी का भाई किसी की जान’ अप्रिल २१ मा रिलिज हुँदैछ । ईदको अवसरमा रिलिज हुने चलचित्रको हालै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा सलमान र पूजाबाहेक वेंकटेश दग्गुबाती, जगपति बाबु, शहनाज गिल, पलक तिवारी, विजेंदर सिंह, राघव जुयाल, जस्सी गिल, भूमिका चावला र सिद्धार्थ निगमको पनि मुख्य भूमिका छ।