सामुदायिक विद्यालय सुधारका लागि भक्तपुरमा भागवत लगाइँदै • Osvevo

सामुदायिक विद्यालय सुधारका लागि भक्तपुरमा भागवत लगाइँदै

Osnepal Admin (KTM) April 30, 2023
0

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीमा विद्यालय सुधारका लागि भागवत सप्ताह लगाइने भएको छ । वागेहिणी माध्यमिक विद्यालयमा भागवत सप्ताह महायज्ञ लगाइने भएको हो । विद्यालयमा शैक्षिक सुधार एवं निःशुल्क गुणस्तरीय शिक्षा दिन वैशाख १७ गते देखि २५ गते सम्म भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको हो ।

विद्यालयमा आँग्रेजी माध्यमबाट पठान पाठन गराउनुका साथै निःशुल्क विद्यालय बस सेवा विस्तारका लागि विद्यालयले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको हो ।

सामुदायिक विद्यालयमा पठन पाठन गर्न आउने विद्यार्थी भनेका निम्न वर्गका मात्र रहेको अवस्थामा उनीहरूले विद्यालय बस भाडा लगायतका कुनै पनि शुल्क तिर्नु नपरोस् र निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्न पाउन भनी विद्यालयले सप्ताह लगाउन लागेको आयोजकले जानकारी दिएका छन् ।

सप्ताहको तयारी पुरा भएको आयोजक मूल समारोह समितिले जानकारी दिएको छ ।सामुदायिक विद्यालय सुधार एवं सामुदायिक विद्यालय प्रति अभिभावको विश्वास बढाउन पनि सप्ताहले ठुलो मद्दत मिल्ने आयोजकले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर