आइतबार बिहानै सिन्धुलीमा कार दुर्घटना, दुई जनाको मृत्यु,एक जनाको सिन्धुली अस्पतालमा उपचार हुँदै • Osvevo

आइतबार बिहानै सिन्धुलीमा कार दुर्घटना, दुई जनाको मृत्यु,एक जनाको सिन्धुली अस्पतालमा उपचार हुँदै

Osnepal April 30, 2023
0

सिन्धुली, १७ बैशाख । सिन्धुलीमा आज  बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो । सो दुर्घटना पछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो  ।

यसरी मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर