हल्दिवारी ,१७ बैशाख । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले श्रम श्रमस्वीकृतको निस्सा प्रदान गर्दै आजदेखी बिदेश जानको लागि हल्दिवारीमा श्रमस्वीकृत दिन शुरु भएको छ ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम श्रमस्वीकृत दिने बैशाख १ को निर्णय अनुसार आज (आइतबार )पहिलो पल्ट गाउँपालिकाबाट श्रम श्रमस्वीकृत लिने दिने कार्यको थालनी भएको छ ।
गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले पहिलो पल्ट श्रम श्रमस्वीकृत लिन आएका हल्दिवारी ४ का देवी खतिवडालाई निस्सा प्रदान गर्दै श्रम श्रमस्वीकृतको शुरूवात गर्नु भएको छ ।
स्थानीय तहमै श्रम श्रमस्वीकृत दिन शुरु गरेपछि बिदेश जाने युवाहरुको समय र पैसाको समेत बचत हुन पुगेको कतारको लागि गाउँपालिकाबाट श्रम
श्रमस्वीकृत लिन पुगेका देवी प्रसाद खतिवडाले बताए ।
गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम श्रमस्वीकृतको लागि निवेदन दिएको बढीमा २ दिनमा सबै प्रक्रिया पुरागरेर श्रमस्वीकृत दिन सकिने रोजगार संयोजक सपना न्यौपानेले बताइन् ।
स्थानीय तहमै श्रम श्रमस्वीकृत लिन आउनेले सामाजिक सुरक्षा बापत २ हजार २ रुपैयाँ ,कल्याणकारी कोषको लागि १५ सय रुपैयाँ र बिमा मार्फत र बिमा बापत ३७ सय ८ रुपैयाँ (उमेर अनुसार थपघट हुन सक्ने ) भुक्तानी गर्नु पर्ने छ ।