झारफुकबाट सर्पले टोकेकी महिलाको मृत्यु • Osvevo

झारफुकबाट सर्पले टोकेकी महिलाको मृत्यु

Osnepal Admin (KTM) April 30, 2023
0

बैतडी, १७ वैशाख- बैतडीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।पञ्चेश्वर गाउँपालिका-२ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय वैद्यकहाँ लगिएको थियो । वैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक लुहारको शव पोस्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर