‘चोर मछाए शोर’ बाट धेरै चलचित्रमा काम गरिसकेका शेखर सुमन उत्कृष्ट हास्य कलाकारको सूचीमा परेका छन् । शेखर सुमन दिनहुँ चर्चामा रहन्छन् । यसैबीच शेखर सुमन आफ्नी श्रीमतीलाई निकै लक्जरी बीएमडब्ल्यू कार उपहार दिएर फेरि चर्चामा आएका छन् । इ–टाइम्स मा एक रिपोर्ट अनुसार, शेखर सुमनले आफ्नो पत्नी अलका सुमनलाई उनीहरूको वार्षिकोत्सवको अवसरमा बिएम डब्लु आई ७ उपहार दिएको खुलासा गरे।
यससँगै शेखर सुमनले यस अवसरमा कुरा गर्दै भने, ‘मैले विवाहको वार्षिकोत्सवमा मेरी श्रीमतीलाई निकै सुन्दर कार उपहार दिने निर्णय गरेको छु । म हरेक वर्ष यस अवसरमा मेरी श्रीमतीलाई उपहार दिन्छु। आफ्नो कुरालाई निरन्तरता दिंदै शेखर सुमनले भने, ‘आफ्नी श्रीमतीलाई गाडीमा बसेको देख्दा उनको अनुहारमा अर्कै खुसी देखिन्थ्यो ।
म मेरो भगवानलाई धन्यवाद दिन्छु, जसले मलाई मेरो परिवारको सबै आवश्यकताहरू पूरा गर्न योग्य बनाउनुभयो। शेखर सुमन र उनकी श्रीमती अलका सुमनको वैवाहिक वार्षिकोत्सव यहि ४ तारिकमा हो । वार्षिकोत्सवअघि नै शेखर सुमनले श्रीमतीलाई उपहार दिएका छन् । शेखर सुमनले दिएको बीएमडब्लु कारको मूल्य २।४ करोड भारु रहेको छ । यो कार धेरै लक्जरी कार मध्ये गनिन्छ। शेखर सुमनका छोराले कारको फोटो इन्स्टाग्राममा सेयर गरेका छन् ।