अध्यक्ष नेपालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना • Osvevo

अध्यक्ष नेपालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

LC (KTM) May 01, 2023
0

काठमाडौँ- नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी मजदुर वर्गका सामाजिक सुरक्षालगायत हक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले आज एक शुभकामना सन्देश जारी गर्दै मुलुकको विकास र आर्थिक समृद्धिका लागि श्रमिक वर्गको अधिकार तथा हितको सम्वद्र्धन गर्नुपर्ने बताउनुभएको हो ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको सन्देशमा मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएको उल्लेख गरिएको छ ।

देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा श्रमिक वर्गको उल्लेखनीय सहभागिता तथा योगदान रहेको उल्लेख गर्दै सन्देशमा उनीहरूको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टी सदैव क्रियाशील रहेको जनाइएको छ ।

सन्देशमा समाजमा विद्यमान शोषण, अन्यायका साथै गरिबीको अन्त्य गर्न श्रमिक वर्गको सहभागितामा कम्युनिष्ट पार्टीको स्थापना गरिएको जनाउँदै समाजवादी अर्थव्यवस्थामा मजदुर वर्गको सामाजिक सुरक्षा र सबै अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर