सरकारको घैँटोमा घाम लागोस् : पूर्ण बस्नेत • Osvevo

सरकारको घैँटोमा घाम लागोस् : पूर्ण बस्नेत

Osnepal Admin (KTM) May 01, 2023
0

जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मे दिवसको अवसरमा सरकारको घैँटोमा घाम लागोस् भनि शुभकामना दिएका छन् । सोमबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले सरकारलाई शुभकामना दिएका हुन् ।

नेपालमा हरेक वर्ष विभिन्न पर्व र दिवसहरु मनाइने गरेको भन्दै ति पर्व र दिवसमा तत्ततत्त वर्ग र समुदायका हक र अधिकारका लागि भएका प्रयत्न, उक्त पहल र प्रयत्नले ल्याएको परिवर्तन र परिणाम राज्यले तथ्य र तथ्याङ्कमा सार्वजनिक गनुपर्ने बस्नेतले बताएका छन् ।

बस्नेतले लेखेका छन्, ‘विभिन्न उपमा, आश्वासनयुक्त ओठे शुभकामना दिएर सरकारको दायित्व पुरा हुँदैन । मे दिवसको अवसरमा सरकारको घैँटोमा घाम लागोस् । सरकारलाई शुभकामना ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर