प्रियंका चोपडाले यसरी सार्वजनिक गरिन् पार्कमा घुम्दै गरेको आफ्नो छोरी मालतीको भिडियो • Osvevo

प्रियंका चोपडाले यसरी सार्वजनिक गरिन् पार्कमा घुम्दै गरेको आफ्नो छोरी मालतीको भिडियो

Loknath Rijal (Jhapa) May 08, 2023
0

प्रियंका चोपडाकी छोरी मालती मेरीको आवाज सुन्नका लागि हताश फ्यानहरूको लामो प्रतीक्षा अन्ततः सकिएको छ । वास्तवमा प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनकी छोरी मालती पार्कमा घुमफिर गरिरहेकी छिन् र उनको हाँसो सुनिन्छ । भिडियोमा मालतीको अनुहार लुकेको भएपनि उनको खुट्टा भने निरन्तर चलिरहेको देखिन्छ ।प्रियंका चोपडाले न्यु जर्सीमा छोरी मालती मेरीसँग बिताएको समयको झलक साझा गरेकी छिन्।

भिडियोसँगै उनले छोटो क्याप्सन पनि लेखेकि छन् । उनले लेखेकि छन्, ुहामीलाई सेन्ट्रल पार्कमा घुम्न मन लाग्छ । यस भिडियोमा जहाँ एकतर्फ मालती मेरीको हाँसोको आवाज आइरहेको छ, अर्कोतिर अभिनेत्री प्रियंका चोपडाको हाँसो पनि सुनिएको छ । फ्यानहरूले पहिलो पटक प्रियंका चोपडाकी छोरी मालती मेरीको आवाज सुनेका छन् । यसअघि प्रियंका वा पति निक जोनसले मालतीको यस्तो क्लिप कहिल्यै सेयर गरेका थिएनन् ।

सेतो गाउन लगाएकी स्ट्रलरमा पल्टिएकी मालतीले उत्साहका साथ खुट्टा हल्लाइरहेको देखिन्छ । प्रियंकाले भिडियोमा ‘साउन्ड अन’ थपेकी छिन् ।यस भिडियोमा जहाँ फ्यानले प्रियंकाकी छोरीलाई धेरै माया गरेका छन्, त्यहाँ उनका परिवारका सदस्यले पनि अपार माया व्यक्त गरेका छन् । निक जोनासका भाइ र मालती मेरीका काका फ्र्यांकलिन जोनासले रोइरहेको इमोजी पोस्ट गरे।

अभिनेत्री इलियाना डिक्रुजले लेखेकी छिन्, ‘ओह माइ हार्ट,’ काजल अग्रवाल र दिया मिर्जाले पनि रेड हार्ट इमोजी पोस्ट गरेका छन् ।यसअघि प्रियंकाले छोरी मालती मेरीसँग खेलौना किन्ने क्रममा केही तस्विर शेयर गरेकी थिइन् । उक्त पोस्टमा प्रियंकाले क्याप्सनमा लेखेकी छिन्, ‘शनिबार ठीक भयो’। एउटा तस्विरमा प्रियंकाले मालतीलाई काखमा बोकेर किनमेल गरिरहेको देखिएकी छिन् भने अर्को तस्विरमा मालतीले खेलौना खानेकुरा समातेर उभिन खोजेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर