नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्रीसहित दुई सांसद मुछिए • Osvevo

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्रीसहित दुई सांसद मुछिए

Osnepal Admin (KTM) May 09, 2023
0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँणसमेत मुछिएका हुन् ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा तत्कालीन गृह मन्त्रालयका कर्मचारीदेखि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका नेताहरूसमेत मुछिएका छन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

पूर्व गृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनाराण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ८ जनालाई नियन्त्रणमा लिएपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै, नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, बादल पुत्र प्रतीक थापा र इन्द्रजित पुत्र निरज राईसमेत प्रहरीको फरार सूचीमा छन् ।

उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ती व्यक्तिहरूको खोजी भइरहेको अवस्थामा पूर्व गृृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणा र तत्कालीन गृहमन्त्रीपत्नी तथा सांसद मञ्जु खाँणसमेतको नाम चर्चामा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर