एन्फाको आगामी बजेट ६७ करोड बढी • Osvevo

एन्फाको आगामी बजेट ६७ करोड बढी

Osnepal May 09, 2023
0

काठमाडौं, २६ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । 

सोमवार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारीत गरेको हो । सो बजेट पारितसहित एन्फाले थव ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ । 

एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानिय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लव सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर