कोलकत्ता, २६ बैशाख । सीमा सुरक्षा बल ९बीएसएफ० ले पश्चिम बंगालको उत्तर परगनास्थित भारत–बंगलादेश सीमाबाट दुई तस्करलाई पक्राउ गरेको छ।
प्रहरीले तस्करहरूका साथवाट करिब ४ करोड २४ लाख रुपैयाँ मूल्यका ५२ वटा सुनका बिस्कुट बरामद गरेका छन् ।
बीएसएफको दक्षिण बङ्गाल फ्रन्टियरका अनुसार आईसीपी पेट्रापोल १४५ बटालियनका कर्मचारीले रोयल फ्रेन्डसिप इन्टरनेशनल प्यासेन्जर बसवाट बंगलादेशबाट भारत सुन तस्करी गर्ने सूचना पाएका थिए।
सो यात्रु बस अगरतलाबाट ढाका हुँदै कोलकाता जाँदै थियो । सोही बेला उनीहरु पक्राउ परेका हुन ।