काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि प्रेस काउन्सिलले कारबाही गरेको छ । काउन्सिलले नेसनल दैनिक डटकममाथि कारबाही गरेको हो ।
उक्त अनलाइनले‘भुटानी शरणार्थी प्रकरण स् आरजु देउवा र पूर्व गृहमन्त्री खाणले घुस लिएको अडियो सार्वजनिक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि मञ्जु खाणले यजुरी दर्ता गरेकी थिइन् ।
उनले म मञ्जु खाणलाई जोडेर नक्कली आवाजको भिडियो बनाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरूमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको’ भन्दै कारबाही माग गरेकी थिइन् ।
एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल भएको देखिएको र उक्त वेबपोर्टल नियमानुसार दर्ता एवम् सूचीकरण भएको नदेखिएको काउन्सिलले जनाएको छ । नलाइनलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्र लेखेको छ ।